मैत्रीपूर्ण खेल

नेपाली फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

मंगलबार, साउन २३, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

National medical suchna

म्यानमार फुटबल संघले सोमबार सामाजिक सञ्जालमार्फत नेपालसँग सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।नेपाल र म्यानमारबीच पहिलो खेल सेप्टेम्बर ८ र दोस्रो खेल सेप्टेम्बर ११ मा हुनेछ । दुवै खेल थुवुन्ना स्टेडियममा हुनेछ ।

अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारी स्वरुप दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपालभन्दा अगाडि रहेको म्यानमार १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले म्यानमारसँग दुई खेल खेल्ने निर्णय भएको जानकारी दिए ।

नेपालले विश्वकप छनोटको प्रारम्भिक छनोटमा लाओससँग खेल्नेछ । होम एण्ड अवे अन्तर्गत नेपालले अक्टोबर १२ मा दशरथ रंगशालमा लाओससँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ मा लाओसको मैदानमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय