जग्गा हिनामिना

ललिता निवास प्रकरण : चार जना पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सोमबार, साउन २२, २०८०

वीरगञ्ज । ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा  नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

National medical suchna

काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्व मन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्युरोको स्रोतका अनुसार गच्छदारसहित अन्य तिन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।

राउतले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातकहाँ पेस गरेका हुन् ।

बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री विजय गच्छदारकहाँ पेस गरे । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय