नोट प्रतिबंध

प्रतिबन्धित १ लाख भारतीय नोट सहित एकजना भारतीय पक्राउ

आइतबार, साउन २१, २०८०

वीरगञ्ज - पर्सा प्रहरीले प्रतिबंधित भारतीय नोट सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

National medical suchna

पक्राउ पर्नेमा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँ रहेका छन । 

प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले  पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजार स्थित चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकिल चढेर आएका मियाको साथ बाट नेपालमा प्रतिबंधित भारतीय रूपैया १ लाख २४ हजार ७ सय साठी रूपैया बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

मियांले चढेर आएको BR22 AJ 3199 नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको भारतीय प्रतिबन्धित रू.५ सय दरका नोट २४९ थान, भारतीय रू.१ सय दरका नोट थान-२ र रू.२० दरका नोट-३ गरी जम्मा भातीय रू.१ लाख २४ हजार ७ सय साठी रूपैया फेला परेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

मोटरसाईकल सहित मियांलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय