खेलकुद प्रतियोगीता गर्ने

नेपाल खेलकुद पत्रकार महासंघ पर्साको बैठक सम्पन्न,गर्यो विभिन्न निर्णय

आइतबार, साउन २१, २०८०

वीरगन्ज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।

National medical suchna

नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न तीन महत्वपुर्ण निर्णय गरेको महासंघका सचिव श्याम कुशवाहाले जानकारी दिए ।

उनका अनुसार नेपाल खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन गरी नेपाल खेलकुद पत्रकार मन्च पर्सा राख्ने निर्णय गरिएको हो ।

यस्तै अगामी एक महिना भित्र एउटा खेलकुद प्रतियोगीता गर्ने र अगामी २ महिना भित्र प्रथम जिल्ला अधिवेशन गरीने निर्णय भएको उनले बताए ।

बैठकमा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा कि उपाध्यक्ष सुष्मा शर्मा , सचिव श्याम कुशवाहा , कोषाध्यक्ष सन्तोष पटेल , सदस्य अर्जुन गुप्ता सहितका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय