नीति तथा कार्यक्रम

बिन्दबासिनी गाँउपालिकाको १३औं गाउँ सभा सम्पन्न, ३१ करोड बजेट पारित

आइतबार, साउन २१, २०८०

पर्सा—पर्साको बिन्दबासिनी गाँउपालिकाले १३ औं गाउँ सभाबाट आर्थिक बर्ष २०८०÷०८१ का लागी नीति तथा कार्यक्रमबाट ३१ करोड ३ लाख ३४ हजारको अनुमानित बजेट पारित गरेको छ ।

National medical suchna

गाउँपालिकाको कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए ।

बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष तिवारीले बताए ।

आगामी आवको निति अन्तर्गत बिन्दबासिनी गाँउपालिकामा कृषि ,सिचाई तर्फ बिषेश बजेट राखिएको छ । कृषि भएमा शिक्षा र स्वास्थय लगायत अन्य बिकास समभव रहेको बताए ।

सबै भन्दा पहिला किसानहरु लागि कृषि पोल तार जडानको साथै कृषि मीटर निशुल्क बितरण कार्यक्रम राखिएको छ । शिक्षा , स्वास्थ्य,पर्यटन प्रबर्द्धन र महिला बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको गापा अध्यक्ष तिवारीले जनाए । गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिएका छन ।

एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक , जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन ।

बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन । भने मुख्य नीति २ वटा विद्यालय सञ्चालन , १ वटा बर्थिङ सेन्टर सञ्चालन र कृषि मीटरको महशुल निशुल्क गरिने अध्यक्ष तिवारीले बताए ।

यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने बताए । साथै एमबिबिएस अध्ययन छात्रवृत्ति , निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लागि निरन्तरता दिइएको अध्यक्ष तिवारीले बताए । साथै सिंचाई व्यवस्थापन , खानेपानी ट्यांकीलाई सञ्चालनमा ल्याउने नीति रहेको उनले बताए ।

२०८०/८१ को लागि वित्तीय हस्तान्तरण नेपाल सरकार ( २९,३७,६४,८००।०० ,वित्तीय हस्तान्तरण प्रदेश सरकार ( ६५,००,०००।०० ,आन्तरिक राजस्व गत आव मौज्दात( १,००,७०,०००।०० , व्यय तर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना ( २, ८३ ,०० , ००० ।०० वडास्तरीय आयोजना( ३,७५,००,०००।०० गत आवको दायित्व, विषयगत शाखागत बजेट , विभिन्न कोषहरू समेत ( ४, ८०, ७०, ०००।०० सशर्त अनुदान( १२ , ५१ , ०० , ०००।०० प्रशासनिक, चालु खर्चहरू, तलब भत्ता समेत ( ७, १३ ,६ ४ , ८००।०० गरि ३१ करोड ३० लाख ३४ हजार बराबरको बजेट पारित गरि सार्वजनिकरण गरिएको छ ।

गाउँ सभा कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा , वडाध्यक्ष अछेलाल महतो , मुक्ति राउत कुर्मी , जयप्रकाश चौरसिया , अनोज कुमार चौरसिया , मोहन यादव , कार्यपालिका सदस्य , वडा सदस्य लगायतले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य , महिला सदस्य ,पुरुष सदस्य ,पत्रकार , सुरक्षाकर्मी,कर्मचारी लगायतको उपस्थिति रहेका थियो।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय