संगठन विस्तार

समाजवादी मुस्लिम संघ पर्साको अध्यक्षमा अंसारी, ५१ सदस्यीय समिति गठन

शनिबार, साउन २०, २०८०

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल मुस्लिम संघ पर्साको अध्यक्षमा सलिम मियां अंसारी चयन भएका छन।

National medical suchna

वीरगंजमा आयोजित एक कार्यक्रममा अंसारीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा कलाम मन्सुरि, सदाम हुसेन, सचिवमा तबरेज खान, उपसचिव मकसुद मिया, कोषाध्यक्ष हुसन नेहरा खातुन र सदस्यहरु अख्तर मिया, शेख कमरुल लगायत रहेका छन।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी मुस्लिम संघका केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले मुस्लिम समुदायको लागि निर्विकल्प पार्टी जनता समाजवादी पार्टी नै रहेको दावी गरे।

जनता समाजवादी पार्टी नेपाल देशको एक मात्र पार्टी हो, जुन पार्टीले राज्य र पार्टी भित्र मुस्लिमलाई पुर्णरुपमा समानुपातिक समावेशी हिसाबले प्रतिनिधित्व गराएको छ उनले भने।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पर्सा अध्यक्ष रामनरेश यादवले भातृ संगठनहरु पार्टीको मेरुदण्ड हुन त्यही भएर पार्टी मेरुदण्डलाई बलियो र सशक्त बनाउने अभियानमा जसपा पर्सा लागेको बताए।

अभियान कै अनुरुप आज पहिलो चरणमा समाजवादी मुस्लिम संघ पर्सा गठन गरेका छौ उनले भने।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार खलिल मिया, जसपा उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्ट महतो, मुस्लिम संघ केन्द्रिय उपाध्यक्ष हसमुदिन देवान, सखुवाप्रसौनी अध्यक्ष प्रदीप जयसवाल, छिपहरमाइ अध्यक्ष इग्रासन सा कलवार, प्रदेश सदस्य दिपक यादव, कार्यकारीणि समिति सदस्य शेष खुर्सेद, जसपा जिल्ला सदस्य मुमताज देवान,समाजवादी बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाजबाबू राकी, जिल्ला सदस्य आबिद हुसेन, विद्यार्थी नेता गोविन्द लगायत मुस्लिम नेता तथा कार्यक्रताहरुको उपास्तिथी रहेको जिल्ला सचिव तबरेज अहमदले जानकारी गराए ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय