एफसी कप

एफसी कप खेल्न भुटानको टोली नेपालमा

शनिबार, साउन २०, २०८०

काठमाडौं । एफसी कप खेल्न भुटानको पारो एफसीको टोली नेपाल आइपुगेको छ ।

National medical suchna

भुटानको पारो एफसीको टोली आज बिहान रोयल भुटान एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो । उनीहरूलाई विमानस्थलमै स्वागत गरिएको छ ।

पारो एफसीले यही अगष्ट ८ मा नेपालको मच्छिन्द्र क्लबसँग खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । यो खेल कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

माउन्टन एभरेस्ट स्पोर्टस् इभेन्ट प्रालिले यसखेलको लागि टिकटिङ अधिकार खरिद गरेको छ । खेलमा साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकटदर रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय