सहयोग

मानव सेवा आश्रम वीरगन्जमा सिटिजन बैंकको सहयोग हस्तान्तरण

बिहीबार, साउन १८, २०८०

वीरगन्ज । सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले मानव सेवा आश्वम वीरगन्जलाई विभिन्न समाग्री हस्तान्तरण गरेको छ ।

National medical suchna

सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडका प्रादेशिक प्रमुख दिवस सिंह ठकुरीले आश्रमका प्रदेश संयोजक देवेश गुप्तालाई एक सेट इन्भटर , बैटरीका साथै माइक र स्पिकर हस्तान्तरण गरेका हुन् । 

पछिल्लो समय तराई मधेसमा अत्याधिक गर्मी बढेपछी आश्रममा बसोबास गर्दै आएका लक्ष्मी नारायणहरुलाई समस्या हुदै आएको थियो । 

सोही अवस्थालाई मध्यनजर गरेर आश्रममा इन्भटर , बैटरी सहितका विभिन्न सामग्री वितरण गरिएको प्रादेशिक प्रमुख ठकुरीले बताए । 

सिटिजन बैंकले लामो समय देखि विभिन्न समाजिक कार्यमा रहदै आएकाले मानवीय नाताले आश्रममा सहयोग गरिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय