देशभर डेंगी संक्रमण

७० जिल्लामा देखियो डेंगी संक्रमण, ७ जनाको मृत्यु

बिहीबार, साउन १८, २०८०

वीरगञ्ज। देशका ७० जिल्लामा डेंगी संक्रमण देखिसकेको छ । डेंगी संक्रमणकै कारण ७ जनाको ज्यान गइसकेको छ ।

National medical suchna

डेंगी संक्रमणका कारण ज्यान गुमाउने सबै धरानका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सुनसरी अहिले डेंगीको प्रकोप सबैभन्दा बढी देखिएको जिल्ला हो । एक महिनाको अवधिमा मात्र यहाँ २ हजार १ सय ३९ जनामा संक्रमण देखिसकेको छ ।

सुनसरीपछि धादिङ, मोरङ, कास्की, दार्चुलालगायत जिल्लामा डेंगी संक्रमणको प्रकोप बढी देखिएको छ ।

गत वर्ष बढी संक्रमण देखिएको काठमाडौं उपत्यका, चितवन, मकवानपुरलगायत जिल्लामा भने अहिले संक्रमितको संख्या कम देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय