निरीक्षण

भन्सारमा हुने अनियमितता रोक्न गम्भीर भएर लाग्नुस : अर्थमन्त्री महत

राजश्वको लक्ष्य हासिल गर्न बीरगंज भन्सारको महत्वपूर्ण योगदान
बिहीबार, साउन १८, २०८०

वीरगञ्ज । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राजश्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

National medical suchna

बिहीबार बीरगंजमा रहेको भन्सार ,सुख्खा बन्दरगाह र आन्तरिक राजश्व कार्यालयको निरिक्षण भ्रमण गर्दै अर्थमन्त्री महतले राजश्वको लक्ष्य हासिल गर्न बीरगंज भन्सारको महत्वपूर्ण योगदान रहेको भन्दै राजश्वको लक्ष्य प्राप्तिका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभएको हो ।

उहाले नाकाबाट हुने चोरी पैठारीमा ध्यान दिन पनि निर्देशन दिनुभयो । उहाले करदाताहरुलाई झण्झट नहुने गरि नियमाअनुसार काम गर्नुपर्ने र भन्सारमा भोग्नुपर्ने समस्या न्यूनीकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री महतले भन्सारमा हुने अनियमितता रोक्न महत्वपूर्ण जिम्मेवारीमा रहेका सवै गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाले समग्र कर्मचारी र सुरक्षाकर्मीको तलवभत्ताको स्रोत जुटाउने जिम्मेवारी अर्थमन्त्रालयको भएको र त्यसमा ८० प्रतिशतभन्दा बढी भन्सार र राजस्वबाट उठाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय