युवाको एकताले नै समाज रुपान्तरण हुने सांसद यादवको भनाई

समाजलाई सबल, सक्षम र समृद्ध बनाउनका लागि जोश र जाँगरसहितका युवाहरुको अहम भुमिका

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले ज्येष्ठ नागरिकको अनुभव र आशिर्वादले युवा पुस्ताले समाज परिवर्तन गर्नुपर्ने बताएका छन् ।

National medical suchna

वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा अपौनी युथ क्लबले आयोजना गरेको क्लबको कार्यालय उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकको अनुभव र मार्गनिर्देशको आवश्यक्ता औँल्याए ।

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले क्लबमा आवद्ध भएर युवाहरुले सामाजिक कार्यमा देखाएको सक्रियता अनुकरणयोग्य रहेको बताए ।

क्लबले गर्ने हरेक सामाजिक कार्यमा आफुले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । क्लबको कार्यालयको उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले विवाह भवन निर्माणसँगै टावर लाइट जडान गर्ने बताएका छन् ।

समाजलाई सबल, सक्षम र समृद्ध बनाउनका लागि जोश र जाँगरसहितका युवाहरुको अहम भुमिका रहेको हुँदा क्लबमार्फत जिम्मेवारी बहन गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग, वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्रा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष साजन कुमार रायको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा गाउँभरीका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गाउँमै प्रयोगबिहिन अवस्थामा रहेको धर्मशालाको भवनलाई क्लबले कार्यालय भवनको रुपमा उद्घाटन गरेको क्लबका अध्यक्ष साजन कुमार रायले बताए ।

उनकाअनुसार क्लबमार्फत सामाजिक कार्य गर्ने योजना छ । आगामी दिनमा क्लबलाई सशक्त बनाउने उनले बताए । सल्लाहकार सन्दिप पुरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार चन्द्रीका प्रसाद चौरसियाले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय