लागुऔषध बरामद

मकवानपुर प्रहरीद्वारा लागुऔषध सहित वीरगंज १३ का ईमरान र सुनिल पक्राउ

मंगलबार, साउन १६, २०८०

वीरगञ्ज । मकवानपुर प्रहरीले लागुऔषध एम्पुल सहित २ जनालाई पक्राउ गरेको छ।

National medical suchna

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष १९ को महमद ईमरान मन्सुर र बर्ष १९ को सुनिल साह रहेका छन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उप महानगरपालिका वडा नं. १० स्थित बसपार्कबाट दुवैजनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

बीरगंजबाट हेटौडातर्फ आउदै गरेको ना ६ ख ८९३७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा बसमा सवार दुवैजना माथी शंका लागी शरीर तथा झोलाको खानतलासी गर्दा मन्सुरले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध डाईजेपाम १ सय ९९ एम्पुल, फेनर्गन १ सय ९५ एम्पुल, बुप्रिनुर्फिन १ सय ९० एमपुल गरी जम्मा ५२४ एम्पुल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

लागुऔषध सहित पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय