रोट्रयाक्ट क्लव

रोट्रयाक्ट क्लवद्वारा ब्याग र स्टेशनरी समाग्री वितरण 

२ सय ५० जना बिद्यार्थीलाई ब्याग तथा स्टेशनरी समाग्री वितरण
आइतबार, साउन १४, २०८०

वीरगंज । रोट्रयाक्ट क्लव अफ वीरगंज र रोटरी क्लव अफ ज्ञानेश्वर द्वारा ब्याग तथा स्टेशनरी समाग्री वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज क्लबले एक कार्यक्रमको आयोजना गरी ब्याग तथा स्टेशनरी समाग्री वितरण गरिएको हो।

National medical suchna

स्कूलमा पढाइ गर्ने कक्षा बाल शिक्षा देखि कक्षा पाँच सम्मको बिद्यार्थीलाई ब्याग र स्टेशनरी समाग्री वितरण गरिएको हो । कक्षा बाल शिक्षा देखि कक्षा पाँचका २ सय ५० जना बिद्यार्थीलाई ब्याग तथा स्टेशनरी समाग्री वितरण गरिएको रोट्रयाक्ट क्लवका आयुष गुप्ताले जानकारी दिए।

कार्यक्रममा डिष्ट्रिक्ट गवर्नर आरटिएन राजेन्द्र धोजु, प्रथम महिला आरटिएन समिरा धोजु, निवर्तमान डिस्ट्रिक्ट गभर्नर आरटीएन सञ्जय गिरी, सहायक डिस्ट्रिक्ट गभर्नर आरटिएन राम प्रसाद, रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी, डिष्ट्रिक्ट रोटरी तथा रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता,

रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव आरटीआर विवेक कुमार पटेल, उपाध्यक्ष आरटीआर योगेश जैसवाल, आरटीआर नवीन गुप्ता, आरटीआर सोनी गुप्ता, आरटिआर राहुल कुशवाहा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव, वडा अध्यक्ष मनोज यादव लगायत स्थानियको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय