पर्सामा ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली साउन देखि सञ्चालन हुने

कागजपत्रको इन्ट्रि टिभिआरएसमा इन्ट्रि गरिनेछ

वीरगञ्ज, २६ असार । सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली सञ्चालन गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाकाअनुसार आगामी आर्थिक वर्षदेखि यो प्रणाली लागू गर्न लागिएको हो ।

National medical suchna

आउने साउन १ गतेदेखि मधेश प्रदेश अन्तर्गत पर्सा, महोत्तरी र सिराहा गरी तीन जिल्लामा ट्राफिक उल्लङ्घन अभिलेख प्रणाली (Traffic Violance Record System TVRS) अन्तर्गत कारवाही तथा जरिवाना सञ्चालन गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

कुनै पनि नेपाली सवारीका चालक वा सवारी धनीले नियम उल्लङ्घन गरेको खण्डमा निजको सवारी कागजपत्र ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी जारी गरी कारवाहीको लागि नजिकको ट्राफिक प्रहरी कार्यालयमा पठाइने छ । कागजपत्रको इन्ट्रि टिभिआरएसमा इन्ट्रि गरिनेछ ।

कागजपत्र लिनका लागि सवारी चालक वा सवारी धनीले जरिवाना रकम राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरी बैंक भौचरको प्रतिलिपि नजिकको ट्राफिक प्रहरी कार्यालयमा बुझाएमा मात्रै कागजपत्र दिइने थापाले बताए । उनकाअनुसार गल्तीअनुसारको जरिवानाको रकम बैंकमै देखाउनेछ ।

काठमाण्डौ, भक्तपुर, ललितपुर लगायत देशैभरका २१ वटा जिल्लामा पहिलो चरणमा यो प्रणाली सुरु गर्न लागिएको हो । यसले गर्दा पारदर्शी हुने ट्राफिक प्रहरी निरीक्षक थापाको विश्वास छ । यसअघि ट्राफिक नियम उल्लङ्घन गरेको खण्डमा सडकमै चिट काटेर रसिद लिई जरिवाना गर्ने व्यवस्था थियो ।

अब सडकमा ट्राफिक प्रहरीसँग रकमको लेनदेन नै नहुँदा पैँसा लियो भन्ने आरोपहरु खेप्न नपर्ने उनले बताए । भारतीय सवारी साधनको हकमा भने अहिलेकै व्यवस्थाबमोजिम सडकमै जरिवाना गर्न सकिने प्रनी थापाको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय