सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । आन्दोलनरत शिक्षकहरूले आज सडकमा शोक सभा गरी दिवङ्गत शिक्षक मन घलेलाई श्रद्धाञ्जली अर्पण गर्दै छन् ।
शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन २०औँ दिनमा प्रवेश गरेका बेला घर फर्किने क्रममा सवारी दुर्घटनामा ज्यान गुमाएका प्रधानाध्यापक घलेको सम्झनामा आज नाचगान र उत्सव कार्यक्रम रोकेर शोक सभा गर्ने निर्णय भएको हो ।
मनाङको नार्फु गाउँपालिका-८ स्थायी ठेगाना भएका घले नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।
दुर्घटनामा उनको दुःखद निधन भएपछि महासङ्घले आन्दोलन स्थलमै श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले शोक सभाको अवसरमा शिक्षकहरूलाई नाचगान नगर्न र सडकबाटै औपचारिक उर्दी जारी गरेका छन् ।
साथै, उनले आन्दोलनमा सहभागी शिक्षकहरूलाई प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीप्रति गालीगलौज नगर्न समेत आग्रह गरेका छन् ।
शिक्षकहरू बिहान ९ बजेदेखि नै सडकमा भेला भइसकेका छन् । माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा शिक्षकहरूको प्रदर्शन जारी रहँदा सवारी आवागमन प्रभावित बनेको छ ।
सडक बन्द हुँदा कार्यालय जाने कर्मचारीदेखि विद्यालय र कलेजका विद्यार्थीहरूसम्म आवतजावतमा असहज परिस्थिति सिर्जना भएको छ ।