समसामयिक :

मुस्लिम संघका अध्यक्ष जफर अन्सारीमाथि कारवाही गर्न वीउवासंघको माग

बिहीबार, वैशाख ४, २०८२

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले बिहीवार प्रेस विज्ञप्ति जारी गरी हनुमान जयन्तीको शोभा यात्रामा दुर्ई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रमलाई लिएर मुस्लिम संघ, पर्साका अध्यक्ष जफर अंसारीले एभिन्यूज टेलिभिजनमा दिएको गैरजिम्मेवारीपूर्ण एवं निराधार अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष् हरिप्रसाद गौतमले विज्ञप्ति जारी गर्दै मुस्लिम संघ, पर्साका अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर सामाजिक सद्भाव कायम राख्ने तर्फ समाजका सबै वर्गलाई आव्हान गर्नुको सट्टा त्यसको ठीक विपरीत वीरगंज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष अशोककुमार वैधको समेत सहभागीता रहेको भनि दिएको गैरजिम्मेवारीपूर्ण बयान तत्काल फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्नुपर्ने जनाएका छन् ।

विज्ञप्तिमा उनले दिएको अन्तर्वार्तामा मित्र राष्ट्र भारतको एक प्रतिष्ठित संस्थाको नामै लिएर उक्त संस्थाको समेत संलग्नता रहेको भनी दिएको अभिव्यक्तिबाट नेपाल र मित्रराष्ट्र भारत बीचको वर्षौदेखिको सम्बन्ध नै बिग्रिने भएकोले यस्ता आधारहीन, तथ्यहीन र सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिने व्यक्ति माथि कडाभन्दा कडा कानूनी कारबाही हुनु पर्दछ भन्ने संघको माग रहेको अन्यथा संघ कानूनी उपचार खोज्न वाध्य हुने विज्ञप्तिमार्फत वीउवासंघका अध्यक्ष गौतमले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय