समसामयिक :

सशस्त्र प्रहरीद्वारा २४ केजी बढी लागुऔषध चरेश बरामद

बिहीबार, वैशाख ४, २०८२

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले २४ केजी बढी लागुऔषध चरेश बरामद गरेको छ । 

बासँको झ्याङ्गमा लुकाएर राखिएको २४ किलो ५ सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरिक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटीएको टोलीले बिशेष सुचनाको आधारमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मननपुर स्थित बासँको झ्याङ्गमा २ वटा झोला भित्र लुकाई छिपाई राखेको २४ किलो ५ सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ ।

बरामद लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय