सोसल मिडिया
हाम्रो बारेमा
मकवानपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।
इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि बस चालक बाराको कोल्बी नगरपालिका–११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।