सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । शनिवार हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा घटेको झडपसम्बन्धी मुद्दामा दोषीलाई प्रमाण र तथ्यका आधारमा कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्पष्ट पारेका छन्।
विवाद समाधानका लागि चलिरहेको बैठककै क्रममा कार्यालयभित्रै पुनः तनाबपूर्ण स्थिति उत्पन्न भएको छ।
शनिबार दुई समुदायबीच झडप भएपछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा बिहानदेखि छलफल चलिरहेको थियो। दुई चरणको बैठक सकिएर तेस्रो चरणको वार्ता भइरहेको बेला अचानक बैठक स्थलमा नै विवाद र तनाब देखिएको हो।
यसअघि सम्पन्न दुई चरणको छलफलमा पर्सामा क्रियाशील राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्ने सहमति जनाएका थिए। दलहरूले शान्ति सुरक्षामा खलल नपर्ने गरी कुनै पनि (याली, विरोध वा सामुदायिक गतिविधि नगर्ने लिखित प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
प्रजिअ गणेश अर्यालले शोभा यात्राको क्रममा विवाद सिर्जना गर्ने जोसुकै भएपनि प्रमाण र तथ्यका आधारमा कानुनी दायरामा ल्याई कडा कारबाही हुने बताए। साथै, उनले अमनचयन कायम गर्न सबै पक्षलाई संयमित रहन आह्वान गरे।
जिल्ला प्रशासन कार्यालयमा अहिले पनि छलफल जारी रहेको र समाधानका लागि प्रयास भइरहेको जनाइएको छ।