अनुगमन :

मन्त्री यादवद्वारा मेलम्चीमा छड्के अनुगमन

आइतबार, चैत ३१, २०८१

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् ।

पछिल्लो समय कर्मचारीहरू कार्यालयहरूमा अनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव रामबाबु पुरीसहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी हाजिर रहेको भेटिएको तथा मेलम्ची खानेपानी विकास समितिमा १६ जना गैर हाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । उनले भने,  “मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी गैर हाजिर भएको भेटिएको छ ।” 

छड्के अनुगमन पश्चात् कर्मचारीको समय पालना र नियमितताको व्यवस्था मिलाउने, विद्युतीय हाजिर प्रणाली नभएकाले वैशाख २ गतेबाट मेलम्ची विकास समितिमा विद्युतीय हाजिर प्रणाली असिवाय गर्ने तथा कार्यालय समय भित्र कार्यालयको काममा जानु पर्ने भएमा लगबुक राख्न निर्देशन दिइएको सहसचिव पुरीले बताए ।

मन्त्री यादवले छड्के जाँचका क्रममा हाजिरी अवस्थामा भेटिएका विभाग एवम् मेलम्चीका कर्मचारीहरूलाई कामका क्रममा हुने समस्याका विषयमा जानकारी समेत लिएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय