माईस्थान मन्दिर

मन्दिरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानलाई तत्काल मर्मत गर्न मेयर सिंहको निर्देशन

खानेपानी संस्थानले तत्काल मर्मत गरिदिने
बिहीबार, साउन ११, २०८०

वीरगञ्ज । वीरगञ्जको माइस्थान मन्दिर परिसरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानले तत्काल मर्मत गरिदिने भएको छ । 

National medical suchna

महानगरका मेयर राजेशमान सिंह बिहीबार बिहान आफैँ मन्दिर परिसरको अवलोकन गर्दै विग्रिएका संरचना तत्काल मर्मत गरिदिन खानेपानी संस्थानलाई निर्देशन दिनुभएको हो । 

खानेपानी संस्थानले पानीको पाइप विस्तार गर्ने क्रममा मन्दिर परिसरमा सौन्दर्यकरणका लागि लगाएको पेभर्स निकालेर जथाभावी राखिदिएको थियो । 

मन्दिर सौन्दर्यकरणका लागि आफूहरु लागि परेको भन्दै मेयर सिंहले खानेपानी संस्थानले महानगरसँग समन्वय नै नगरी खनिदिँदा सौन्दर्यकरण विग्रिएको बताउनुभयो ।

संस्थानले पाइप लाइन विस्तारको काम गर्दा महानगरसँग समन्वय गरेर मात्रै गर्न पनि उहाँले निर्देशन दिनुभयो ।   

पानीको हाहाकार भएका बेला हतारमा काम गर्दा कमजोरी भएको स्वीकार्दै संस्थानका प्रमुख निरण श्रेष्ठले मर्मतको काम तत्काल गरिदिने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय