वीरगञ्ज घटनाको विरोध :

वीरगञ्ज घटनाको विरोध : जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा गृहमन्त्रीको पुतला दहन

आइतबार, चैत ३१, २०८१

जनकपुरधाम । वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामाथि ढुङ्गा प्रहार गरी कार्यक्रम बिथोलिएको घटनाको विरोधमा जनकपुरमा आज राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथि भएको गम्भीर आक्रमणको संज्ञा दिँदै दोषीमाथि तुरुन्त कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकको पुतला समेत दहन गरेका थिए ।प्रदर्शनको क्रममा “सर्वपक्षीय बैठकको नाटक बन्द गर”, “जिहादी आतङ्कवाद मुर्दावाद”, “दोषीलाई तत्काल गिरफ्तार गर” लगायतका नारा घन्काइएका थिए ।

राष्ट्रिय एकता अभियानका प्रतिनिधिहरूले भने, “यो घटना कुनै साधारण विवाद होइन, यो धार्मिक अधिकार र स्वतन्त्रतामाथिको सुनियोजित आक्रमण हो । दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याइएन भने आन्दोलनलाई अझ सशक्त बनाइनेछ ।”

यसैबिच जनकपुर क्षेत्रमा सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको छ । प्रशासनले वीरगञ्ज घटनासम्बन्धी छानबिन प्रक्रिया अघि बढिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय