राजनीति :

मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको छ : मन्त्री गुप्ता

शुक्रबार, चैत २९, २०८१

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजावादीको नाममा काठमाडौंमा गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको बताउनु भएको छ ।

नेकपा एमाले वीरगन्ज महानगरपालिका नगर कमितको दोश्रो अधिवेशन उद्घाटनपछि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल संयुक्त रुपमा सरकार बनेको बताउनु भयो ।

यो सरकारले मुलुकलाई स्थिरताको कोर्षमा लागेको बताउँदै मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन् थालेको उनले बताए ।

मुलुकलाई अस्थिरतामा लैजान जती प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताए ।

साथै उद्दघाटन शत्रमा सम्बोधन गर्दै मन्त्री गुप्ताले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताए ।

०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गरे ।

‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन,’ उनले भने ।

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो ।

अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उनले खुलाए ।

उनले आगामी निर्वाचनमा बिरगंज महानगरपालिका ३२ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय