भन्सार छली

बिल बिजक भन्दा बढी विद्युतीय तथा खुद्रा समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

बिहीबार, साउन ११, २०८०

वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढीको सामग्री लोड एउटा ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

National medical suchna

विद्युतीय तथा खुद्रा समानहरू बोकेको मालवाहक ट्रक नियन्त्रणमा लिएर प्रहरीले राजश्व अनुसन्धानको कार्यालयलाई बुझाएको हो । 

बिल विजकभन्दा बढीको सामग्री लोड गरेर वीरगञ्जबाट एउटा ट्रक चितवनतर्फ गइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मङ्गलवार राती सवा १० बजेको करिबमा वीरगञ्ज – १४ स्थित गण्डक चोकमा ना.३ ख. ५६७१ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँच गर्ने क्रममा सूचना अनुसार नै ट्रकमा बिल विजकभन्दा बढीको सामग्री लोड रहेको भेटिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । 

नियन्त्रणमा लिएको ट्रक र सामानको प्रहरीले अनुमानित ५५ लाख ८५ हजार ५८१ बराबरको मूल्याङ्कन गरेर थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय