२५ वर्ष पछी संतान प्राप्ति

सुर्या हस्पिटल : आई.भि.एफ मार्फत २५ वर्षपछि एक दम्पत्तीलाई संतानको प्राप्ति

बुधबार, साउन १०, २०८०

वीरगन्ज । स्वास्थ्य क्षेत्रमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको सुर्या हस्पिटल प्रा.ली वीरगन्जले आई.भि.एफ मार्फत एक शिशुको जन्म गराएको छ । 

National medical suchna

अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालकी संचालिका डाक्टर मोनिका सिंहले आई भी एफ मार्फत २५ वर्ष पछी एक दम्पतिलाई संतान प्राप्ति भएको जानकारी दिईन।

भारतमा १० बर्ष अघि दुई-दुई पटक सम्म फेल भएको तर गत ९ महिना देखि बरिष्ठ स्त्री तथा प्रशुति रोग बिशेषज्ञ डाक्टर  सिंहको निगरानीमा उपचार सेवामा रहेका एक दम्पत्तीले २५ वर्षपछि संतान पाएका छन ।  शिशु निकै स्वस्थ्य रहेको डा. मोनिका सिंहले जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा डाक्टर सरोज  सिंह, सचिदानन्द सिंह लगायत बरिष्ठ पत्रकार महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको सहभागीता रहेको थियो ।
 
निसंतान रहेका हरूको लागी  पछिल्लो समय सुर्या हस्पिटलले आई.भि.एफ सेवा प्रदान गरी यस्ता दम्पत्तीहरुलाई आमा बुवा बन्न ठुलो मदत गरिरहेको छ । हाल सम्म ३० भन्दा धेरै दम्पत्तीले आई.भि.एफ सेवा लिईरहेको डा.सिंहले जानकारी दिनु भयो ।

यसैगरी बरिस्ठ हाडजोर्नी तथा नसा एवं प्रत्यारोपण विशेषज्ञ डा. सरोज सिंहले सुर्या हस्पिटलले सुरुवात देखि नै गुणस्तरीय स्वास्थ्य सेवा लाई आफ्नो लक्ष्य बनाएर आकास्मीक सेवा सहित सुपर स्पेष्लिटी सेवाहरु जस्तै घुडा र कुल्हा प्रत्यारोपन सेवा, घुडाको च्यातीको नशा बनाउने सेवा तथा स्पाईनलको सर्जरी गर्ने सेवा प्रदान गर्नु को साथै निसंतान अर्थात बाझोपन हटाउने हिष्ट्रो स्कोपी सेवा लगायत सबै प्रकारको सेवाहरु दिदै आएको जानकारी दिए।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय