समसामयिक :

नेपाल कावेरी एकेडेमीको ११ औं वार्षिकउत्सव भव्यताका साथ सम्पन्न

आइतबार, फागुन २५, २०८१

वीरगञ्ज । नेपाल कावेरी एकेडेमीले आफ्नो ११ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

आज शनिवार आयोजित वार्षिकउत्सव कार्यक्रममा एकेडेमीका विद्यार्थीहरूले नृत्य, संगीत र नाटक मार्फत विभिन्न समसामयिक तथा सामाजिक विषयवस्तुमा आधारित जीवन्त प्रस्तुतिकरण गर्दै आफ्नो प्रतिभा देखाएका थिए ।

हरेक विधार्थीको प्रस्तुतीकरणमा उनीहरुका समर्पण र कडा परिश्रम देखीएको हो ।

वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थ इन्टरनेशनल कलेजका निर्देशक र क्याम्पस प्रमुख डा. सुषमा तिवारी, उद्योगपति एव् समाजसेवी डा. लायन रमेश कुमार अग्रवाल र लायन्स क्लब अफ वीरगञ्ज संस्कृत गोल्डकी अध्यक्ष रितिका जयसवाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुवात एकेडेमीका कार्यक्रम निर्देशक तथा प्रधानाध्यापक विशाल साहूले  स्वागत मन्तव्यबाट गरेका थिए भने आयुषी तुलस्यानले संस्थाको उपलब्धि, सुरु गरिएका नयाँ सुविधाहरू र आगामी वर्षका लागि सञ्चालक समितिको उद्देश्यबारे प्रकाश पारेकी थिईन् ।

वार्षिकउत्सव कार्यक्रममा प्रस्तुति विधार्थीहरको विभिन्न प्रतिभाबाट उनीहरूको समर्पण र शिक्षकहरूको मार्गदर्शनलाई प्रतिबिम्बित गरीएको थियो भने कार्यक्रमले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरुप्रती गर्व महशुश गराएको एकेडेमीका प्रधानाध्यापक साहुले बताए ।

नेपाल कावेरी एकेडेमीका निर्देशक ओजस तुलस्यानले विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सामूहिक प्रयासले विधालयमा अनुशासन , अध्ययनमा विधार्थीहरु अब्बल बनेको भन्दै धन्यवाद समेत ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय