सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ ।
आर्दशनगर रंगशालामा भएको खेलमा टाईब्रकेरमा नेपाल पुलिस क्लबले ३–० गोल अन्तरले मच्छिन्द्र फुटबल क्लबलाई हराएको हो ।
खेलको सुरुमा हाबि देखिएको मच्छिन्द्र फुटबल क्लबले दोस्रो हाफमा कमजोर रुपमा देखिएको थियो ।
पहिलो हाफमा लगातार दबाबमा देखिएको पुलिसले खेलको १२ औ मिनेटमा मच्छिन्द्रका खेलाडी समिरराज थोकरले गरेका थिए ।
खेलको पहिलो हाफ सम्म एक गोलले अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा भने बराबरीमा पुगेको थियो । खेलको ५८ औ मिनेटमा नेपाल पुलिस क्लबका खेलाडी बिकाश विकले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । खेल निर्धारित समयमा नसक्दा टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी , खेलाडी संजीव लामा , गोलकिपर अमित टामाटा र उज्जवल राईले हानेका थिए । जसमध्ये राईले हानेको बल पोष्ट भन्दा बाहिर गएको थियो ।
यस्तै टाईब्रेकरमा मच्छिन्द्रका बिशाल तामाङ्ग, दिवाकर चौधरी र समिरराज थोकरले हानेका थिए । जसमध्ये तामाङ्ग, र चौधरीले हानेको बल पोष्ट बाहिर गएको थियो भने थोकरले हानेका बल किपरले रोकेका थिए ।
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोली नेपाल पुलिस क्लबले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो ।
यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरीएको थियो ।
फाईनल खेलमा म्यान अफ दि म्याच मच्छिन्द्रका समिरराज थोकर भएका थिए । उनले नगद १० हजार र शिल्ड पाएका थिए ।
यस्तै उत्कृष्ट गोलकिपर नेपाल पुलिसका गोलकिपर अमित टामाटा घोषित भए उनले नगद २० हजार र शिल्ड पाएका थिए ।
यस्तै उत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी घोषित भए । उनले ईलेक्ट्रीक स्कुटी पाएका थिए । भने उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका चेतन घिमिरे साबित भए । नगद २० हजार र शिल्ड पाएका थिए ।