समस्या पानीको

तराई क्षेत्रलाई सुखा ग्रस्त क्षेत्र घोष्णा गर्न सांसद यादवको मांग

तराई क्षेत्रमा पानीको समस्या विकराल बन्दै
बुधबार, साउन १०, २०८०

वीरगंज। तराई क्षेत्रमा पानीको समस्या तत्काल सामाधान गर्न पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप यादवले सभामुख मार्फत सरकारलाई आग्रह गरेका छन ।

National medical suchna

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै जन्ता समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद प्रदिप यादवले मधेश प्रदेशको वीरगंज लगायत आसपासको क्षेत्रमा पानीको हाहाकार मचिरहेको समयमा सरकारले यस तर्फ ध्यान नदिएको आरोप लगाए ।

चापाकलबाट कुनैबेला ५० फिट १०० फिटमा पानी आउथ्यो तर अहिले ३०० फिट गाडदा पनि पानी नआएको सांसद यादवले बताए । एक थोपा पानीको लागी तराईवासी तडपिरहेको बेला सरकार निरिह भएको उनले आरोप लगाए ।

रातभरी पानीको लागी त्यस क्षेत्रको जन्ता लाईन बस्नु पर्ने र कुन बेला नगरपालिकाको गाडी आउछ र पानी भर्छु त्यस्तो अवस्था रहेको सांसद यादवले भने ।

प्रतिनिधिसभामा बोल्दै पुर्व मन्त्री यादवले तराई क्षेत्रमा पानीको लागी आम जन्ता तर्सिरहेको अवस्थामा सरकारले आकस्मिक कोषबाट भएपनि पानीको समस्था छिटो भन्दा छिटो समाधान गर्न सभामुख माफर्त सरकारलाई ध्यानार्कषण गराएका छन ।

त्यसतै सांसद यादवले तराई मधेश क्षेत्रलाई सुखा ग्रस्त क्षेत्र घोष्णा गरेर त्यस क्षेत्रका किसान र खानेपानीको अभाव भएको स्थानमा तत्काल समस्था सामाधन गर्न आग्रह गरे ।

त्यसैगरी अर्को प्रसड्डमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई माफी माग्न आग्रह गरेका छन् ।

आफूहरुले समयमा नै चुनाव खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपनि प्रमुख आयुक्त थपलियाले खर्च विवरण सार्वजनिक नगरेको भन्दै विज्ञप्ति निकालेको भन्दै माफी माग्न आग्रह गरेका छन ।

प्रमुख आयुक्त थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै उनले माफी नमागे मानहानीको मुद्दा लगाउने वा महाअभियोग लगाउने समेत चेतावनी दिए ।

जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभएको छ । जबकी हामीले समयमा नै खर्च विवरण बुझाएका छौं, जिल्ला निर्वाचन कार्यालयमा यसको लेखोट छ र हामीले आफनो फेसबुकमार्फत र सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरेका छौं सांसद यादवले भने ।

प्रमुख आयुक्तले जानीजानी र कानुनको आफैं ब्याख्या गरेर जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवले आरोप लगाए । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु ।

उहँले माफी माग्नुभएन भने त्यस्ता प्रमुख अयाुक्तलाई बाध्य भएर कि त मानहानीको मुद्दा ठोक्नुपर्छ अथवा महामभियोग लगाउनुपर्छ सांसद यादवले भने ।

प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय