खेलकूद :

नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकपको फाईनलमा प्रवेश

बुधबार, फागुन २१, २०८१

वीरगन्ज । साविक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगन्ज युनाईटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो । 

आर्दशनगर रंगशालामा जारी खेलमा खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा पनि दुबै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो । 

टाईब्रेकरमा पुलिसका लागी उज्जवल राई ,रामचन्द्र वाजी ,संजीव लामा ,अमित टामाटा,विवेक पाण्डेले हानेका थिए ।

जसमा राईले पोल बाहिर र लामाले हानेको बल किपरले रोकेका थिए । 

त्यसपछि सडेनडेथमा पुलिसका शिशिर चौधरी , निरज खड्का ,प्रज्जवल चौधरी र सुनिल तामाङ्गले गोल गरेका थिए । 

टाईब्रेकरमा वीरगन्जका आशा गुरुङ्ग, सनतबहादुर गुरुङ्ग ,सिशस थापा ,बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए । जसमा सन्तबहादुरले हानेको बल किपरले रोके भने बल्टोरले हानेको बल पोलमा लडेको थियो । 

त्यसपश्चात सडेनडेथमा वीरगन्ज अजित चौधरी ,ब्रिकम ठाकुर ,प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए । जसमा विवेकले पोष्ट बाहिर हानेको हुन ।

खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भएका थिए । उनले नगद १० हजार र शिल्ड पनि पाएका थिए ।

बिहिबार हुने दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिरहा भिड्ने छन ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । 

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ ।

अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय