राजनीति :

देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छः मन्त्री गुप्ता

सोमबार, फागुन १९, २०८१

पर्सा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टीले देशको विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने स्पष्ट पारेका छन् ।

नेकपा एमाले बिन्दबासिनी गाउँपालिकाको कमिटीले आज सोमबार बिन्दबासिनीको बहुअर्वाभाठ्ठामा आयोजना गरेको दोश्रो गाउँपालिका अधिवेशन  कार्यक्रममा मन्त्री गुप्ताले नेकपा  एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको बताएका हुन् ।

विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनले बताए । उनले भने, 'अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ उनले थपे ।'

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको मन्त्री गुप्ताले बताए ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसंग जोड्ने योजना अन्तर्गत हुलाकी राजमार्ग योजना समेत नेकपा एमालेले ल्याएको उनले बताए । 

नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती ऐनको विवाद पटक पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पुर्याएको बताए साथै केही दिन भित्रै संघीय निजामती ऐन पारित गरी राष्ट्र सेवक कर्मचारीहरुमा खुस्याली दिने उनले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय