अनियमितता :

अखतियारले ध्यान नदिदा वीरगञ्ज यातायातमा पैसाले लाईसेन्स किन बेच हुदैँ!

शुक्रबार, फागुन १६, २०८१

वीरुगञ्ज । पटक—पटक विवादमा पर्दै आएको यातायात व्यवस्था कार्यालय वीरगञ्जले सवारी चालक अनुमतिपत्र परिक्षामा व्यापक अनियमितता गरेर फेल भएकालाई पनि पास गराइरहेको खबर प्राप्त भएको छ ।

केही रकमको लोभमा विगतमा मरिसकेका व्यक्तीको पनि सवारी चालक अनुमतिपत्र वितरण गरेर विवादीत बनेको यातायात व्यवस्था कार्यालय वीरगञ्जले अहिले पनि विगतका गल्तीलाई सच्चायाउनुपर्ने ठाउमा झन पुरानै गतिविधि दोहोर्याउदै ट्रायल परिक्षामा फेल भएका व्यक्तीलाई दलाल मार्फत रकम असुलेर पास गराईरहेको गुनासो प्राप्त भएको हो ।

हो यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पैसाको बलमा सवारी चालक अनुमितपत्र प्राप्त हुन्छ भन्ने कुरामा कुनै दुईमत छैन ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जले गएको माघ र फागुन महिनामा लिएको परिक्षामा ट्रायलमा फेल भएका सयौ व्यक्तीलाई आर्थीक चलखेल गरेर पास गराएको छ ।

कार्यालयले आफनो वेबसाईटमा तिन दिन अगाडी अपलोड गरेको पास रिजल्टमा अधिकांश फेल भएका लाई दलाल मार्फत लाखौ रुपैया असुलेर पास गराइएको यातायात स्रोतले जनाएको छ ।

यातायात व्यवस्था कार्यालयले माघ र फागुन महिनामा लिएको लिखित तथा ट्रायल परिक्षामा हजारौको संख्यामा मोटरसाईकल तथा कार जिपका लागी आवेदन दिएका सेवाग्राही मध्ये बाट आफैले चलाएर पास भएका बाहेक अधिकांश व्यक्तीबाट कार्यालयमा खटिने करारका कर्मचारी लगाएत दलालको माध्यमबाट लाखौ रुपैया असुलेर परिक्षामा फेल भएकालाई पनि पास गराईदिने गरेको नाम नछाप्ने सर्तमा एक सेवाग्राहीले दावी गरे ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख धर्मेन्दर लाल कर्ण र ट्रायल प्रमुख राम सुन्दर महतोले परिचालन गरेका दर्जनौ दलालहरु मार्फत रकम लिने र ट्रायल फेल भएका परिक्षार्थीलाई पनि पास गरिदिने गरेको कार्यालयकै कर्मचारी बताउछन ।

यातायातका कर्मचारीहरुले परिचालन गरेका दलालहरुले मोटरसाईकल, कार जिप, ट्रक बस लहरी, मेशीनरी लगाएतका आवेदन दिएका सेवाग्राहीबाट फरक फरक दर रेटमा रकम असुल गर्ने गरेका छन ।

स्रोतले जनाए अनुसार मोटरसाईकलको १२ हजार, कार जिपको २० हजार, ट्रक बस लहरीको ३० हजार र मेशीनरीको ४० हजार सम्म रकम लिने गरेका छन ।

विगतमा भएका लिखित तथा ट्रायल परिक्षाहरुमा अखतियार दुरुपयोग अनुशनधान आयोगबाट खटिएका प्रतिनिधिकै उपस्थितीमा परिक्षा संचालन हुदाँ कुनै किसीमको अनियमितता भइरहेको थिएन ।

अहिले अखतियार दुरुपयोग अनुशनधान आयोगले यातायात व्यवस्था कार्यालय वीरगञ्जलाई हेर्ने नजर परिवर्तन गरेर पनि होला यहाँ लखनउँ लुट मचेको छ ।

यस तर्फ सम्बन्धीत निकायको ध्यान जान आवश्यक देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय