अनलाईन जुवा :

अनलाईन जुवा खेलाउने भारतीय नागरिक ठाकुर वीरगञ्जबाट पक्राउ

सोमबार, फागुन १२, २०८१

वीरगञ्ज । वीरगञ्जबाट अनलाईन जुवा (सट्टाबाजी) खेलाउने गिरोहका नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको देवपुर घर भएका २३ वर्षीय रविशंकर ठाकुर रहेका छन् । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली मा एउटा घरमा कोेठा भाडामा लिई ल्याप्टप र कम्प्युटर लगायतका विद्युतिय सामग्री राखेर अनलाइन जुवा खेलाउँदै आएका ठाकुरलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । 

उनको कोठाबाट विभिन्न ब्रान्डका ल्याप्टप ९ थान, राउटर २ थान, हेडफोन ६ थान, ल्याप्टप चार्जर ९ थानm किबोर्ड ८ थान, पेनड्राईभ २ थान, डिभाइस १ थान, माउस ९ थान र २ थान क्यामरा बरामद गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेका ठाकुरलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय