राजनीति :

सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन

शुक्रबार, फागुन ९, २०८१

काठमाडौँ । संसद्को राज्‍यव्‍यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ ।

समितिमा अनिर्णीत विषयलाई विशेष छलफलमार्फत टुङ्गो लगाउनका लागि नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिका सदस्यहरूमा सांसदहरू अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको छ ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको सभापति खतिवडाले जानकारी दिनुभयो ।

संविधानपछिको सबैभन्दा ठूलो विधेयक समयमै पारित नहुँदा सङ्घीयता कार्यान्वयनमै समस्या उत्पन्न हुन सक्ने भएकाले यो विधेयक चाँडो पारित गर्न लागिपरेको सभापति खतिवडाको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय