सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । गोतामे पत्रकारीता स्वर्ण पदक दार्चुलाका पत्रकार मनोरथ (मनोज) बडुलाई प्रदान गरिएको छ ।
संविधानसभा सदस्य अनिलकुमार रुङटाले शुक्रवार ज्येष्ठ नागरिक पार्क लक्षमणवामा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रकार बडुलाई एकतोलाको स्वर्णपदकबाट सम्मानित गरेका थिए ।
पुरस्कृत बडु सुदुरपश्चिम प्रदेशको दार्चुलाबाट हाल कान्तिपुर दैनिकका संवाददाता हुन ।
कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य रुङटाले पत्रकारिता समाजको दर्पण भएको र यसले आवाज विहिनहरुको आवाज मुखारित गर्दै आएको बताए ।
प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले पत्रकार गौतमले पञ्चायतकालको प्रतिकुल अवस्थामा पञ्चायत विरोधी गतिविधी नडराएर गरेको र मोफसलबाट मुलधारको पत्रकारितामा टेवा पुर्याएको चर्चा गरे ।
उनले पत्रकार गौतमको स्मृतिमा यसअघि स्थापित पुरस्कारहरुले निरन्तरता पाउन नसकेको अवस्थामा विगत १३ वर्षदेखी प्रतिष्ठानले १० हजार राशीको पुरस्कारबाट एकतोला सुनसम्म ल्याइपुर्याएको बताए ।
पुरस्कृत व्यक्ति बडुले सुदुरपश्चिमको विकट दार्चुलाबाट पत्रकारिता गरेका आफुलाई तराईको सुविधासम्पन्न वीरगंजले सम्झेको खुशी व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रहरी उपरीक्षक गौत्तम मिश्रले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष श्याम पोखरेलले स्वागत र पत्रकार खड्गबहादुर श्रेष्ठले सहजीकरण गरेका थिए ।