सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । प्रतिबन्धित लागुऔषध चरेश सहित पर्सा प्रहरीले वीरगंजबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठ बस्ने वर्ष ४५ को सुधिर कर्ण रहेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकखण्डमा खटिएको नियमित चेकिङ टोलीले कर्णले बोकेको ग्यालेनमा लुकाई राखेको प्लासटिकको झोलाबाट १२ प्याकेटबाट ११ किलो ५ सय ग्राम लागु औषध चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता प्रहरी नायव उपरिक्षक डिएसपी सुवास भट्टले जानकारी दिए ।
कर्णले बोकेको रातो रंगको डिब्बा ग्यालेन माथि खाने घ्यू राखि रातो प्लाष्टिकमा सानो-सानो पोकामा उक्त डिब्बा (ग्यालेन) भित्र लुकाइ छिपाईराखिएको लागु औषध चरेश सहित कर्णलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रव्क्ता भट्टले बताए ।