सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी छपकैयामा कार्यरत प्रहरी हवलदार विजय यादवले अवैध रुपमा भन्सार छली गर्ने तस्करी समुहबाट रकम असुलेर सहज वातावरण बनाईरहेको स्रोतको दावी छ ।
विगत १० महिना देखी प्रहरी चौकी छपकैयामा कार्यरत प्रहरी हवलदार विजय यादव त्याहा घुमुवाको रुपमा कार्यरत रहेका छन ।
छपकैया सिमाबाट अवैध ओसार पसार गर्ने समुहहरु बाट प्रहरी चौकी छपकैयाका वरिष्ठ सई केदार तिमलसिना र पर्सा प्रहरीको क्राईमको नाममा समेत रकम असुल गरेर सेवा दिएको कारण गएको ४ महिनामा उनको २ पटक आन्तरिक सरुवा भएपनी उनी सरुवा भएको ठाउमा रवाना लिएर गएका छैनन।
प्रहरी हवलदार यादवको गएको २ महिना अगाडी ६ गते प्रहरी चौकी छपकैयाबाट ईलाका प्रहरी कार्यालय ठोरी र यही माघ महिनाको ८ गते उनको आन्तरिक सरुवा अस्थायी प्रहरी पोस्ट शंकरशरैया पर्सा भएको थियो ।
तर पनि उनी अहिले प्रहरी चौकी छपकैयामै घुमुवा रहेर तस्करी समुह संग सेटिंग मिलाउदै रकम असुली गरीरहेको स्रोतले जनायो ।
पर्सा प्रहरीको क्राईम शाखामा हाल कार्यरत केहि विवादास्पद प्रहरी अधिकारीको आशीर्वाद पाएर घुमुवा यादवले छपकैयामा नुन देखी सुन सम्मका सामान ओसार पसारमा सहज वातावरण बनाई दिएर लखनऊ लुट मचाएका छन ।
प्रहरी प्रधान कार्यालयको निती निर्देशन विपरीत चौकीले घुमुवा राखेर तस्करी सेटिंग मिलाउने कार्य गरिरहेपनि दुई साता अघि मात्र पर्सा प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक गौतम मिश्रको ध्यान जान जरुरी छ । क्रमश...