पानीको समस्या

युवा नेता गुप्ताको पहलमा लगातार तेस्रो दिन पनि पानी वितरण गरिदै

बुधबार, साउन १०, २०८०

वीरगन्ज,१० साउन। वीरगंज महानगरको विभिन्न वार्डहरूमा देखिएको पानीको समस्यालाई लिएर आ-आफनो पहलबाट नागरिकलाई पानी वितरण कार्य गरिदै आएको छ।

National medical suchna

वीरगंज महानगरपालिकाको वडा नम्बर १० का नेकपा एमालेका युवा नेता अजय कुमार गुप्ताले आफनो पहलमा लगातार तेस्रो दिन पनि पानी वितरण गरेका छन।

हिजो र आज गरी उनले २० हजार लिटर पानी अशोक वाटिका र रानीघाटमा बितरण गरेका छन ।

चापाकल सुकेर जनजिवन नै कष्टकर भईरहेको बेला युवा नेता गुप्ताको विषेश पहलमा पानी बितरण कार्यलाई निरन्तरता दिएका छन।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडा प्रत्यासी समेत रहेका गुप्ताले पानीको समस्यालाई मध्य नजर गर्दै छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ताको सहयोगमा पानी मंगाई विरगंजको घडिअर्वा लगायतको टोलमा बितरण गरेको थिए ।

केहि दिन यता चापाकल सुकेर पानीको धेरै समस्या भएको र सो समस्या समाधानको लागि सबन्धित निकायले खासै चासो नदिएकोले आफनै पहलमा पानी बितरण गरेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय