राजनीति :

म आफ्नै कार्यकालमा संघीय निजामती ऐन ल्याउँछु : मन्त्री गुप्ता

बिहीबार, माघ २४, २०८१

वीरगन्ज  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नै कार्यकालमा संघीय निजामती ऐन ल्याउने कुरा बताउनु भएको छ । 

नेपाल निजामती कर्मचारी संगठन पर्साको १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती ऐनमा दफावार छलफल भइरहेको बताउनु भएको छ ।  

संघीय निजामती ऐनमा १५८३ वटा बुँदा संसोधनको लागि प्रस्ताव आएकोमा विभिन्न कर्मचारी संगठन एवं ट्रेड युनियन , लोकसेवा आयोग लगायत सम्बन्धित निकायसँग दफावार छलफल गर्दै अन्तिम चरण पुगेको बताउनु भयो ।

संघीय निजामती ऐनको बारेमा राज्यव्यवस्था समितिको पहिलो बैठक मै दफावार छलफल हुँदा ३ वटा विधेयक सर्वसहमतिले पास गराउन सफल भएको बताउनु भयो ।

साथै उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले याे सरकार मुलुकलाई संकटबाट जोगाउन समिकरण बनेकोले ८४ मंसिरसम्मचल्ने बताएका छन् । 

जनताको मुद्दामा सरकारको ध्यान जानु पर्ने र जनताको लागि काम गरुनजेल सरकार नढल्ने उनको धारणा छ ।

यो समिकरण सरकारबाट काम गर्न सकिन्छ भनेर नभई बिग्रेको कार्य रोक्न समिकरण सरकार बनेको बताए ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने जस्तो सरकार ढल्ने कुरा कुनै सत्यता नभएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय