सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका– १० आदर्शनगरमा बीआर ०५ क्यु ४३८४ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको खानतलासी गर्दा ६ लाख रुपैयाँ बरामद भएको हो ।
प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार मंगलबार साढे ४ बजे भारत विहारको सीमावर्ती रक्सौल– १४ निवासी २७ वर्षीय ओमकुमार रौनियारले चलाएको मोटरसाइकल जाँच गर्दा बायाँपट्टिको लेगगार्डमा प्लास्टिकको बोरामा लुकाइछिपाई राखिएको अवस्थामा ५ सय रुपैयाँ दरका १२ सय थान नोट बरामद भएको हो ।
रौनियारलाई नियन्त्रणमा लिई हुन्डीसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ ।