समसामयिक :

पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हाले मिश्र

सोमबार, माघ १४, २०८१

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यभार सम्हालेका छन ।

प्रहरी प्रधान कार्यालयले चितवनबाट पर्सामा सरुवा गरेका प्रहरी उपरीक्षक मिश्रले आजै कार्यभार  सम्हालेका हुन ।

प्रहरी उपरीक्षक मिश्रले निस्वार्थ भावले जनताको काम गर्न निर्देशन दिएका छन ।

उनी दुई महिनाअघि मात्र चितवन गएका थिए। चितवनमा राजन लिम्बूको सरुवा भएको छ।

प्रहरी उपरीक्षक मिश्र २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखको रुपमा रहेर काम गरिसकेका छन ।

भाडाको भवनमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरलाई तत्कालीन ईन्सपेक्टर मिश्रकै नेतृत्वमा विभीन्न दाताहरुको सहयोगबाट आफनै निजी भवन बनाएर संचालनमा ल्याएका थिए । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय