लायन्स क्लब :

लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवस मनाइयो

मंगलबार, माघ १, २०८१

वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा सोमवार वीरगंज एरियामा रहेका लायन्स क्लबहरुले मेल्भिन जोन्स डे मनाएका छन् ।

मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंजले आयोजना गरेको जन्म दिवस कार्यक्रम लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल गुप्ताले गर्नु भएको थियो ।

कार्यक्रमलाई लायन्स क्लब इन्टरनेशनलका मल्टिपल डिष्ट्रिक्ट कोर्डिनेटर लायन डा. रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर. पी. खेतानले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादवले दिनु भएको थियो भने कार्यक्रमको औचित्यबारे एरिया चिफ कोर्डिनेटर लायन श्याम गुप्ताले प्रकाश पार्नु भएको थियो ।

सोही अवसरमा लायन्सका संस्थापक मेल्भिन जोन्सको जीवनी र योगदान बारे समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा विभिन्न लायन्स क्लब र लिडरहरुलाई पिन तथा अवार्डबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन संदिप केडिया, लायन बासु तिमिल्सिना, लायन अनुज रूङ्गटा, डिष्ट्रिक्ट को-चिफ एडभाइजर लायन मनोहर टिबडेवाल, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, लायन विजय गुप्ता, लायन उमेश शर्मा,

एरिया ट्रेजर लायन बिनित जैसवाल, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन सन्दिप साह कानु, डिष्ट्रिक्ट कोर्डिनेटर लायन किरण अग्रवाल, लायन मिनादेवी टिबडेवाल, लायन भानुभक्त अधिकारी, लायन लक्ष्मी थापा,

लायन सुशिला साह, लायन देबयन्ती साह, लायन कविता खड्का, लायन रोशन गुप्ता, लायन नरोत्तम पाण्डे लगायत लायन्स क्लबका अन्य पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सोही अवसरमा लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा केक काटेर सप्ताह ब्यापी कार्यक्रम समापन गरिएको थियोे ।

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्जका दिलीपकुमार पण्डितले गर्नु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय