सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले गैर पत्रकारलाई दिईएको सदस्यता छानबीन हुने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका शाखाका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै केन्द्रीय सचिव तिवारीले महासंघले क्रियाशील र ऊर्जावान पत्रकारहरुलाई घर घरमा पुगेर सदस्यता दिईने बताउनु भयो ।
सचिव तिवारीले अनाधिकृत रुपमा सदस्यता लिएका गैर पत्रकारहरुको सदस्यता छानबीन गरी शुद्धिकरण गरिने बताए।
कार्यकर्ता भर्ती केन्द्रको नाममा अनावश्यक रुपमा देशै भरी गैर पत्रकारलाई थपिएको सदस्यता छानबीन गरेर शुद्धीकरण गरिने उनले बताए ।