समसामयिक :

स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रा सहित मकवानपुरबाट ३ भारतिय नागरिक पक्राउ

सोमबार, मंसिर १०, २०८१

मकवानपुर । स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रा सहित मकवानपुरबाट ३ जना भारतिय नागरिक पक्राउ परेका छन । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने बर्ष ४० को बिजय सिंग कुशवाहा, गोरखपुर बस्ने बर्ष २६ को प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने बर्ष ३२ को राहुल कुमार माण्डावत रहेका छन ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरिक्षक बिश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १ प्रहरी चौकी चौकीटोल स्थित चेकपोईन्ट अगाडी हेटौडा भैसे सडक खण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आउँदै गरेको  बा.प्र.०३-००१ ज ०७६५ नं. को यात्रुवाहक  माईक्रो बसमा सवार भई आएका तिनैजनाको साथबाट प्रहरीले ४६ हजार विदेशी मुद्रा बरामद गरेको प्रहरी निरीक्षक प्रजवल थपलियाले जानकारी दिए ।

प्रहरीले कुशवाहाको साथबाट यु एस डलर १२ हजार, पाठकको साथबाट युरो १४ हजार र माण्डावतको साथबाट यु एस डलर २० हजार बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले बताए ।

स्रोत नखुलेको बिदेशी मुद्रा सहित तिनैजनाहरुलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भईरहेको मकवानपुर प्रहरीले जनाएको छ।    

 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय