गोली बरामद

सर्टगनको १९ थान गोलीसहित एकजना भारतीय नागरिक पक्राउ

सोमबार, साउन ८, २०८०

वीरगञ्ज,८ साउन । पर्सा प्रहरीले सर्टगनमा प्रयोग हुने गोली सहित वीरगञ्जबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं.१४ बस्ने वर्ष २२ को मुरारी कुमार कुशवाहा रहेका छन ।

National medical suchna

प्रहरी चौकी बसपार्कबाट खटिएको नियमीत चेकींग टोलीले वीरगञ्ज १६ बसपार्क भित्र कालो झोला बोकेर पैदल आईरहेको कुशवाहालाई शंका लागी चेकजाच गर्दा शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनको गोली राउण्ड १५ थान, केएफ १२ लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान र  १२ केएफ १२९६ लेखिएको राउण्ड १ थान गरी जम्मा १९ राउण्ड गोली बरामद भएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

गोली सहित पक्राउ परेका कुशवाहा विरुद्द हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय