सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा रहेको छठ पर्व आज बिहीबार सूर्य भगवान् र छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदै छ ।
कात्तिक महिनाको शुक्ल पक्षको चौथो तिथिदेखि सुरु हुने छठ पर्व मुख्य रूपमा चार दिनसम्म चल्छ ।
पर्वको पहिलो दिन मङ्गलवार व्रतालुहरूले नहाय-खाय विधि सम्पन्न गरेका थिए ।
यस विधिमा व्रतालुहरूले बिहानै नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए ।
यस दिन प्याज र लसुन नमिलाउने परम्परा र उपास्य देवतालाई ध्यानमा राखेर आहार चयन गरिन्छ ।
यस दिनको प्रमुख उद्देश्य शारीरिक र मानसिक शुद्धता प्रकट गर्नु हो ।
दोस्रो दिनलाई खरना अर्थात् स्थानीय भोजपुरी भाषाअनुसार रसियाव रोटी विधि भनिन्छ ।
बुधवार खरनाका दिन व्रतालुहरूले दिनभरि उपवास गरेपछि साँझ दूध र चामलसँग बनेको खिर (रसियाव) सहित मिठाइहरू, केरा र फलफूलका अन्य सामग्रीसँग पूजाका लागि सजाएर छठी मातालाई अर्पण गरेर र परम्परा अनुसार घरका सबै सदस्यलाई प्रसादका रूपमा वितरण गरेका थिए ।
आज विहीवार छठ पर्वको मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घ्य दिएर पुजा पाठ गरिने छ ।
भोली शुक्रवार उदाउदो सुर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न हुने छ ।
यस विधिको उद्देश्य समृद्धि र सुख प्राप्तिको निम्ति छठी मातालाई सम्मान र आशीर्वाद प्राप्त गर्ने हो ।