जग्गा विवाद :

बलजफ्ती जग्गा जोत्न खोज्दा दुइपक्षबीच झडप, १० जना घाईते

सोमबार, कात्तिक १९, २०८१

वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् ।

जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् ।

धरमजित महतो र किशोरी महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।

अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षबीच झडप भएको हो ।

किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजित महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा धर्मजित मेहता, सुशीला देवी, रामवती देवी, रमेश कुशवाहा, महन्थ महतो कोइरी लगायत घाईते भएका छन् ।

किशोरी महतो पक्षका राधेश्याम , अमीर मेहता , अनिल कुशवाहा , उमेश कुशवाहा , बृजेश कुशवाहा  लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले धर्मजित महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय