रक्तदान

इन्जिनियर्स दिवसको अवसरमा ६५ जनाद्वारा रक्तदान

१ महिला सहित ६५ जनाले गरे रक्तदान
आइतबार, साउन ७, २०८०

वीरगञ्ज । नेपाल इन्जिनियर्स एसोसिएसनले वीरगञ्जमा आइतबार आयोजना गरेको कार्यक्रममा १ महिला सहित ६५ जनाले रक्तदान गरेका छन् ।

National medical suchna

इन्जिनियर्स दिवसका अवसरमा वीरगञ्ज इन्स्टिच्युटका अफ टेक्नोलोजीको सहकार्य नेपाल इन्जिनियर्स एसोसिएसनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

रक्तदान कार्यक्रमको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारले गरेका थिए ।वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको बेला इन्जिनियर्स दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन वीरगञ्ज केन्द्रका अध्यक्ष उमेश कुमार गप्ताले बताए ।

सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल मधेस प्रदेशका अध्यक्ष मनोज कुमार दासको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेश सदस्य प्रियान्सु कुमार गुप्ता रौनियार, रवी कुमार साह, विकेश साह लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय