समसामियक :

कालिकामाई गापाको अवस्था विचित्र ! निर्णय पुस्तिका च्यातियो,परिषद भएको छैन : अधिकृत गिरी

सोमबार, भदौ ३१, २०८१

पर्सा । कालिकामाई गाउँपालिकामा बिचित्रको अवस्था रहेको त्यहाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले बताउनु भएको छ ।

National medical suchna

आईतबार पालिकाको गाउँसभाबारे पत्रकारको जिज्ञासाको जवाबमा गिरीले गाउँसभाको उपस्थिति गर्न खोजिदा दुईपटक निर्णय पुस्तिका च्यातियो ,त्सपछि के भयो ? आफुलाई थाहा नभएको बताउनु भएको छ । 

गाउँसभामा जनप्रतिनिधि बिच विवाद हुदा निर्णय पुस्तिका च्यातिए पछि साझ ६ बजे गाउँसभा स्थगित भएर प्रशासकिय अधिकृत सहित जनप्रतिनिधि आ-आफ्नो घर फर्किए ।

तर केही मिडियामा गाउँसभा सम्पन भएको खबर सोमबार आएपछि प्रमुख प्रशासकिय अधिकृत गिरीलाई यसको आधिकारिकता बारे सोध्दा गिरीले भने `दुई चोटि उपस्थिती च्यातियो,त्यसपछि के भयो आफुलाई थाहा छैन ´ त्याहाको अवस्था विचित्र थियो । 

पालिकामा कर्माचारी राख्ने र हटाउनेमा पक्ष र विपक्ष जनप्रतिनिधि बाडिएको कारण पालिकाको सेवा तथा विषयगत काम बिगत २ महिना देखि बाधित हुँदै आएको छ ।

कर्चारीहरूको समस्या परिषदबाट समाधान गर्न स्थानिय प्रशासनको रोहबरमा पटक पटक समझारी हुदापनि पालिका अध्यक्षले बिगत ९ वर्ष देखि कार्यरत कर्मचारीलाई हटाउन विभिन्न सडयंत्र गर्दै आएका छन । 

पालिका अध्यक्ष बशिष्ठ कलवारले संघिय सरकारको अनुदान रकममा ९ वर्ष देखि स्वास्थ्य सेवा दिदै आएका कर्मचारी हटाई आफनो कार्यकर्ता भर्ना गर्ने दाउमा लागेर ८ जनाको म्याद थप नगरेपछि बिवाद सुरू भएको हो । 

बिकाश योजना ,बजेट बिनयोजन, लगायतमा कुनै समस्या नरहेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए ।

कर्मचारी किन हटाउनु पर्यो ,उनिहरू पालिकाले राखेको कर्मचारी पनि होईन तलबपनि पालिको बजेटबाट जादैन तरपनि उनिहरूलाई हटाउन पालिका अध्यक्ष किन लागेका होलान, चौरसियाले प्रश्न गरे ।

अध्यक्षको असमझदारी र बालहठको कारण मात्र समस्या रहेको चौरसियाले बताए । कर्मचारी नराखे फेरि आन्दोलन हुने उनले चेतावनी समेत दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय