गाउसभामा भाडँभैलो :

परिषद सदस्यको प्रस्ताव नलेखिए पछि कालिकामाईको गाउँसभा स्थगित

आइतबार, भदौ ३०, २०८१

वीरगंज । अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले गाउँसभा सदस्यले राखेको प्रस्ताव लेख्न नमानेपछि पर्साको कालिकामाई गाउँपालिकाको गाउँसभामा भाँडिएको छ ।

National medical suchna

अध्यक्ष बशिष्ठ कलवार र प्रशासकिय अधिकृत अमित गिरीले स्वास्थ्य कर्मचारीहरूको म्याद थप्न प्रस्ताव लेखन नमानेपछि सोको बिरोध गर्दै सदस्यहरूले म्यानुट खोसेर च्यातेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए । 

दुई महिना देखि कर्मचारी आन्दोलनमा रहेको  स्थानिय प्रशासनको रोहवरमा पटक पटक छलफल भई परिषद बाट निर्णय गर्ने कुरा भएपनि अध्यक्षले विभिन्न चलखेल गरिरहेको चौरसियाले बताए ।

कर्मचारीहरू सम्बन्धित प्रस्ताव लिपिबद्ध गर्न नमानेपछि बिबादले उग्ररूप लिएको थियो ।  

स्थानियले विरोध जनाउदै पालिका अध्यक्षलाई लखेटेपछि सुरक्षाकर्मीले उनलाई उद्दार गरेर पठाएका थिए ।

गाउँसभा स्थगित पछि सभाबाट लखेटिएका पालिका अध्यक्ष कलवारले आफ्नो घरमा आफ्ना पक्षधरलाई बोलाई किर्ते हस्ताक्षर गरि गाउँसभा सम्पन्न गर्ने तरखरमा लागेको स्रोतको दावी छ ।

पालिकामा ८ जना स्वास्थ्य कर्मचारीको म्याद थप नगरिएको बिगयमा बिगत दुईमहिना देखि कर्मचारीको आन्दोलन हुँदै आएको छ ।

पालिकामा देखिएको बिवाद मिलाउन पटक पटक स्थानिय प्रशासनको रोहवरमा छलफल भई परिषदबाट समस्या सामाधान गर्ने सहमति हुदापनि सोको बिरूद्ध पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले विभिन्न चलखेल गरिरहेका छन ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय