स्वास्थ्य क्षेत्र :

नेपाल मेडिकल कलेजको अध्यक्षमा डाक्टर जैनुद्दीन अंसारी

शनिबार, भदौ २९, २०८१

वीरगंज। नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित हुनु भएको छ ।

National medical suchna

शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका प्रा.डा. अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

लामो समयदेखि कलेजका अध्यक्ष रहनु भएका डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई अध्यक्षको पदभार गराउनु भयो ।

पछिल्लो समय कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आउनु भएका प्रा.डा. अन्सारीको कुशल कार्य क्षमता, दक्षता र नेतृत्व देखेर साधारण सभाले अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।

प्रा.डा. अन्सारीसँगै साधारण सभाले डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । 

अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफु मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताउँदै उहाँले भन्नुभयो,‘अहिले निर्वाचित भएको सञ्चालक समितिमा पुराना साथीहरु नै हुनुहुन्छ ।

पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ ।

यहाँहरुले गर्नु भएको विस्वास प्रति आभार प्रकट गर्छु ।’ संचालक समितिको सदस्यमा डा. भाेला रिजाल, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा अन्सारी र शाहनवाज अन्सारी रहेका छन ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय